पोखरा विमान दुर्घटना : बिहानैदेखि उद्धार सुरु, २६ मृतकको पहिचान

पोखरा । पोखरामा आइतबार भएको यती एयर दुर्घटनामा उद्धार कार्य आज बिहानैदेखि सुरु भएको छ । दुर्घटनाको दिन राति अबेरसम्म ६८ जनाको शव संकलन गरिएकोमा बाँकी ४ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनास्थल सेती खोंच भएकोले उद्धारमा कठिनाइ भएको उद्धारकर्ता बताउँछन् । संकलित शवमध्ये २६ जना मृतकको पहिचान…