वालिङ । दोहोरो नागरिकता तथा राहदानी लिएको आरोपमा पक्राउ परेका दिदी–भाइ अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–२ का ३६ वर्षीय मधु थापा र उनकी ४५ वर्षीया दिदी सपिना थापा धरौटी बुझाएर रिहा भएका हुन् । मधु थापाले २०६५ असार १९ गते पहिलोपटक नागरिकता लिएका थिए । पछि नक्कली एसएलसी प्रमाणपत्र र…