बाबुराम भट्टराईको गुनासो: गठबन्धनका दलहरुले इमान्दारिता देखाएनन्

गोरखा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा इमान्दारिता नदेखाएको गुनासो गरेका छन् । शनिबार चुनावी समीक्षा कार्यक्रममा सहभागी हुन गृहजिल्ला गोरखा सदरमुकाम आएका भट्टराईले पत्रकारसँग कुराकानी गर्दै गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा इमान्दारिता नदेखाउँदा स्थानीय चुनावमा आफूहरुले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए…