मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा

जनकपुर । मधेस प्रदेश सरकारका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका झाले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएका छन् । झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ । झाले मुख्यमन्त्री राउतलाई…