घटना : १सिरहा नगरपालिका १५ का ४० वर्षिय देवेन्द्र यादवको कुटपीटबाट उनकीे श्रीमती ३० वर्षिय संजिता कुमारी यादवको मृत्यु भयो। सामान्य घरायसी विवादमा समेत पटक–पटक कुटपीट खेप्र्दै आएकी थिइन्। यस पटक भने अति नै भयो। गत मंसिर ७ गते संजितामाथि देवेन्द्रले लात, मुक्का, ईंटा, भाटा जे पायो त्यही लगातार प्रहार गरिरहे, जबसम्म सजिताको ढुकढुकी बन्द भएन।…