सिराहामा यात्रुबाहक बस दुर्घटना, २ को मृत्यु, २५ घाइते

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका-९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको मिर्चैया नगरपालिका–२ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका–२० का ५० वर्षीय अनिलकुमार झा रहेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बसमा सवार अन्य २५ जना घाइते भएका छन् । जसमध्ये २ जनाको…