मिथिलामा तीन पर्व एकै दिन

महोत्तरी । मधेसको प्राचीन मिथिलाक्षेत्रमा आज तीनवटा पारम्परिक पर्व एकसाथ मनाइँदैछन् । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजनोत्सव तथा चन्द्रमासको भदौ शुक्ल तृतीया र चौथीका दिन मनाइने क्रमशः तीज र लोकआस्थाको पर्व चौरचण्ठ (चौरचन, चौठीचान) तिथिको भोग घटबढले आज एकै दिन परेको हो । सङ्क्रान्ति गणनाले मनाइने विश्वकर्मा पूजनोत्सव सौरमास परम्पराको पर्व…