इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा

इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा



लन्डन । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक १६औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

खेलको ३० औं मिनेटमा डेनमार्कले गोलको खाता खोलेको थियो । तर त्यो खुशी त्यत्तिबेलासम्म मात्र टिक्यो जतिबेला इग्ल्याण्डका बुकायो साकाको क्रस रोक्ने क्रममा डेनमार्कका साइमन केजारले आफ्नै पोस्टमा बल छिराउन पुगे । खेल १(१ गोलको बराबरीमा पुग्यो ।

निर्धारित समयको खेल १(१ गोलको बराबरीमा सकियो, समय थपियो । खेलको १०४ औं मिनेटमा इग्ल्यान्डले पेनाल्टीको अवसर पायो । डेनमार्कका जोकिम मुहले स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरे ।

पेनाल्टी ह्यारी केनले प्रहार गरेका थिए। उनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोके । तर, रोकेर फर्किएको बललाई केनले पुनः प्रहार गरी गोलमा परिणत गरेपछि खेल इग्ल्यान्डको पक्षमा पुग्यो ।

इंग्ल्यान्ड युरो कपमा पहिलो पटक फाइनलमा पुगेको हो । यस्तै इंग्ल्यान्डले ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल खेल्ने अवसर पाएको छ । अब उपाधिका लागि इंग्ल्यान्डले इटालीसँग प्रतिस्पर्धा गर्नेछ।