लुतो किन हुन्छ, कसरी गर्ने उपचार?

लुतो किन हुन्छ, कसरी गर्ने उपचार?



जब शरीर तातिन थाल्छ र आरामको अवस्थामा हुन्छ, त्यस्तो बेलामा शरीर चिलाउन थाल्छ। लुतो हुनेलाई रातको समयमा धेरै चिलाउँछ।

लुतो निको पार्न धेरै किसिमका औषधी पाइन्छन्। छाला रोग विशेषज्ञको सल्लाहमा यसको उपचार गर्नुपर्छ। लुतो भएका व्यक्तिले प्रयोग गरेका कपडा धुनुपर्छ। घरका अन्य सदस्यले समेत सरसफाइमा ध्यान दिनुपर्छ।

लुतो आउँदा औंलाको कापमा, तल्लो पेटमा, नाइटोको वरिपरि,तिघ्रामा धेरै चिलाउँछ। पानीका फोकाजस्ता साना दाना आउँछन्।

यसलाई लापरबाही गरे धेरै चिलाएर पाक्छ। त्यस्तो अवस्थामा उपचारमा समेत कठिन हुन्छ। लुतो सबै उमेर समूहकालाई हुने गर्छ। बाहिर धुँवाधुलोमा हिँड्नेलाई धेरै हुन्छ।