२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि



काठमाडौं । कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको छ । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा उपाधि जितेको हो । 

अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरेका थिए । ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए  । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।

यो लियोनल मेसीका लागि अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीबाट पहिलो उपाधिसमेत हो । यसअघि सन् २०१४ को विश्वकप तथा सन् २०१५ र ०१६ को कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याका मेसी उपाधिबाट चुकेका थिए ।