म्यान्यू र टोटनह्याम विजयी

म्यान्यू र टोटनह्याम विजयी



इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामले वाट्फोर्डलाई १–० ले हरायो । टोटनह्यामको जितमा कोरियाली खेलाडी ह्युङ मिन सनले ४२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्समाथि १–० कै जित निकाल्यो । म्यान्चेस्टरका मेसन ग्रिनउडले निर्णायक गोल गरे । गएराति भएको अर्का खेलमा बर्न्ले र लिड्स युनाईटेडले १–१ गोलको बराबरी खेले । बर्न्लेका क्रिश उडले पहिलो गोल गर्दा लिड्सका प्याट्रिक बाम्फोर्डले बराबरी गोल फर्काएका हुन् ।