यी हुन् माधव नेपालका २२ भाइ

यी हुन् माधव नेपालका २२ भाइ



ओलीको अंकगणितीय कार्वाही


सरकारले पार्टी विभाजन हुन केन्द्रीय समिति वा प्रतिनिधि सभाका २० प्रतिशत सदस्य भए पुग्ने गरी अध्यादेश जारी गरेपछि यतिबेला नेकपा एमालेको केपी ओली पक्ष तनावमा छ । केन्द्रीय समितिका २०३ मध्ये झण्डै ९० जना माधव नेपाल पक्षसँग छन् । यी मध्ये आधाले मात्रै साथ दिंदा पनि नेकपा एमालेबाट अलग्गिने स्वतन्त्रता माधव नेपाललाई हुन्छ ।

पार्टी विभाजन अवश्यम्भावी देखेको केपी ओली पक्ष प्रतिनिधिसभामा कसरी सरकारको बहुमत पुग्न नदिने भन्ने कसरतमा छ । एमालेका १२१ सांसद मध्ये प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत लिंदै गर्दा माधव नेपालका पक्षमा ३२ जना थिए । ती मध्ये २२ जनाले देउवाका पक्षमा मतदान गरेका थिए । ती सांसदहरु हुन् : प्रत्यक्ष निर्वाचित तर्फका माधव नेपाल, भवानी खापुङ, मृटमणि चौधरी, बिरोध खतिवडा, कृष्णलाल महर्जन र जीवनराम श्रेष्ठ । समानुपातिक तर्फका मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला कातून र लक्ष्मी चौधरी ।

यी बाहेक यज्ञराज सुनुवार, प्रेम आले, कृष्णकुमार श्रेष्ठ, हिराचन्द्र केसी, पार्वती बिसुंखे, विना बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले पनि देउवालाई मत दिएका थिए ।

अहिले ओलीले आठ समानुपातिक र छ निर्वाचित गरी १४ सांसदलाई पदमुक्त गर्ने सूचना प्रतिनिधिसभामा दर्ता गराएको छ । २२ मध्येका ८ र तटस्थ बसेका १० जनालाई कुनै कार्वाही गरिएको छैन ।

तटस्थ रहनेहरुमा सबै निर्वाचित सांसदहरु छन् । उनीहरु हुन् : घनश्याम भूसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, योगेश भट्टराई, झपट रावल, नारायण खतिवडा, राजबहादुर बुढा र डा. दीपकप्रकाश भट्ट ।

यी हुन् माधवका तत्कालीन २८ भाइ

संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सन्दर्भमा माधव नेपालका पक्षमा उभिएका २८ भाइ यी हुन् :


(निर्वाचित तर्फ)
माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बिरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, यज्ञराज सुनुवार, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ, जयकुमार राई, गणेश पहाडी, झपट रावल, नारायण खतिवडा र डा. दीपकप्रकाश भट्ट ।

(समानुपातिक तर्फ)
मुकुन्द न्यौपाने, पवित्रा निरौला, रामकुमारी झाँक्री, कल्याणी खड्का, कलिला खातुन, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी र सरला यादव ।

ओलीको अंकगणितीय कार्वाही
ओलीले अहिले आफ्नो पक्षमा कहिल्यै उभिन सम्भावना नभएकाहरुलाई छानीछानी सांसदबाट पदमुक्त गर्न सिफारीश गरेका छन् । समानुपातिकमध्येका सांसद फेरि आफूले मनोनयन गर्न पाउने र निर्वाचितहरुलाई पदमुक्त गर्दै गर्दा प्रतिििनधसभाको कुलसंख्या घटेर एमालेको समर्थन विना नै गठवन्धन सरकार चल्न सक्ने भएकाले ओलीले प्रतिनिधिसभाको अंकगणित हेरेर कार्वाही गरेका हुन् ।