महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु, कयौं घाइते

महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु, कयौं घाइते


ग्लोब नेपाल
1.5k
Shares

भारतको उत्तर प्रदेश राज्यमा आज महाकुम्भ मेलामा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । कयौं घाईते भएको बताईएको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ । ब्यारिकेड लगाएर हिँड्ने क्रममा अचानक भागदौड सुरु भएको थियो । अचानक भीडले धकेल्न थालेपछि भीडले धेरै मानिसहरूलाई कुल्चिएको थियो ।

ठूलो भीडमा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष महोत्सव स्थलमा जाने सडकहरूमा सयौं क्यामेरा पोलहरूमा राखिएको र ओभरहेड ड्रोनहरूको फ्लीट जडान गरेको छ ।

डेढ महिनामा उत्तरी सहर प्रयागराजमा ४० करोड भन्दा बढी मानिसहरू पुग्ने अपेक्षा गरिएको छ । सन् १९५४ को कुम्भ मेलाको समयमा कम्तिमा ४ सय मानिसको ज्यान गएको थियो । त्यसैगरी सन् २०१३ मा ३६ जनाको ज्यान गएको थियो ।