कुलमानविरुद्ध शाक्यको रिट कुमार रेग्मीको इजलासमा

कुलमानविरुद्ध शाक्यको रिट कुमार रेग्मीको इजलासमा



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार पेशी तोक्ने क्रममा उक्त रिट रेग्मीको इजलासमा तोकिदिएका हुन् ।

आफूलाई गैर कानुनी रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै शाक्यले त्यसलाई बदर गरी आफूलाई यथावत् राख्नुपर्ने रिटमा माग गरेका छन् ।

साउन ३२ मा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दाय गरेका थिए ।