जर्मन सुपरकपको उपाधि साविक विजेता वार्यन म्युनिखलाई

जर्मन सुपरकपको उपाधि साविक विजेता वार्यन म्युनिखलाई



जर्मन सुपरकपको उपाधि साविक विजेता वार्यन म्युनिखले जितेको छ । गत सिजनको बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिखले डिएफबी पोकल च्याम्पियन बोरुसिया डोर्डमनलाई ३-१ गोलको अन्तरले पराजित गर्दै फाइनल उपाधि आफ्नो पक्षमा पारेको हो ।

डोर्डमनको घरेलु मैदानमा आज बिहान सम्पन्न फाइनल खेलको ४१औं मिनेटमा बार्यनका लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४९औं मिनेटमा बार्यनका थोमस मुलरले अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

खेलको ६४औं मिनेटमा डोर्डमनका मार्को रिउसले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि बार्यनका लेवान्डोस्कीले खेलको ७४औं मिनेटमा आफ्नो दोस्रो गोल गर्दै बार्यनलाई जित निश्चित गराएका थिए ।

गत सिजन पनि बार्यनले डोर्डमनलाई ३-२ को जित निकाल्दै उपाधि हात पारेको थियो । जर्मन सुपरकप बुन्डेस लिगा च्याम्पियन र डिएफबी पोकल विजेताबीच प्रतिस्पर्धा हुने प्रावधान छ ।