साफ च्याम्पिनसिपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स

साफ च्याम्पिनसिपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स



काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पिनसिपको बुधबार खेल तालिका सार्वजनिक भएको छ । जसअनुसार नेपालको पहिलो खेल आयोजक माल्दिभ्सविरुद्ध परेको छ । दक्षिण एसियाली फुटबल महासंघले जारी गरेको तालिका अनुसार नेपालले अक्टोबर १ मा माल्दिभ्सको सामना गर्नेछ । कुल पाँच देशको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र त्यस अनुसार नेपालले अक्टोबर ३ मा श्रीलंका, ८ मा भारत र १० मा बंगलादेशको सामना गर्नेछ ।

लिग चरणको समाप्तीमा अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टिमले सिधै फाइनलमा प्रतिस्पर्धा गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीको नेतृत्वमा नेपाली टिम अहिले पोखरामा बन्द प्रशिक्षणमा रहेको छ ।

त्यसमा २८ खेलाडी रहेका छन् । साफ च्याम्पिनसिपको तयारीका क्रममा नेपालले भारतविरुद्ध दशरथ रंगशालामा दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेछ । खेल सेप्टेम्बरका २ र ५ मा हुनेछ ।