महालेखाको प्रतिवेदन सार्वजनिक, चार खर्ब १८ अर्ब बेरुजु

महालेखाको प्रतिवेदन सार्वजनिक, चार खर्ब १८ अर्ब बेरुजु



काठमाडौं । महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रुकम चार खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ रहेको देखाइएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बुझाएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ सम्मको लेखापरीक्षणमा चार खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ बेरुजु रहेको र आवधिक गरि टुंगो लगाउनुपर्ने ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ पुगेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ सम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ३२ करोड रूपैयाँ रहेकोमा अहिले ५३ करोड रूपैयाँले बढेको देखाइएको हो । संघ, प्रदेश र स्थानीय तह गरी कुल ५३ खर्ब २७ अर्ब रूपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।