पाकिस्तानको उत्कृष्ट प्रदर्शन

पाकिस्तानको उत्कृष्ट प्रदर्शन



वेस्ट इन्डिजसँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले २ सय १२ रन बनाएको छ । टस हारेर ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनमा ४ विकेटको क्षतिमा २ सय १२ रन बनाएको हो ।

तीन ओभरमा तीन विकेट गुमाएर खराब सुरुवात गरेको पाकिस्तानका लागि बाबर आजम र फाओड आलमको १ सय ५८ रनको साझेदारी गर्दा २ सय १२ रन बनाउन सफल भयो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ७५ रन बनाउँदै केमरोजको बलमा क्याचआउट भए ।

यस्तै फरवार्ड आलमले ७६ रन बनाएर घाइते भएपछि मैदानबाट बाहिरिए । त्यसपछि मैदान सम्हालेका मोहम्मत रिजवानले नटआउट २२ रन र फहिम असरफ २३ रन बनाउँदै क्रिजमा रहेर पहिलो दिनको खेल समाप्त भएको छ ।

पहिलो टेस्ट क्रिकेट वेस्ट इन्डिजले एक विकेटले जितेको थियो । चार खेलको टी–ट्वान्टी र दुई खेलको टेस्ट श्रृंखलाका लागि पाकिस्तान वेस्ट इन्डिजको भ्रमणमा छ ।