मलेसियाबाट एकै दिन आयो नौ शव र १५ वटा अस्थु

मलेसियाबाट एकै दिन आयो नौ शव र १५ वटा अस्थु



काठमाडौं । एकैदिन मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु नेपाल आईपुगेको छ । रोजगारीको शिलशिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव र अस्थु हिजो शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी विमानले ल्याएको हो । कोभिडका कारण नियमित उडान हुन नसक्दा शव संकलन गरी एकैपटक ल्याइएको पनि वैदेशिक रोजगार वोर्डले जनाएको छ ।

९ वटा शव विमानस्थलबाटै मृतकका घरसम्म पठाइएको र अस्थु भने सम्बन्धित मृतकका आफन्तलाई डाकेर विमानस्थलमा जिम्मा लगाइने पनि बोर्डले जनाएको छ । तर विदेशमा कमाउन गएकाहरु भने शवको रुपमा फर्कने क्रम पनि बढ्दो छ । औसत दिनमा ३ वटा शव विदेशबाट आउने गरेको तथ्यांक वोर्डसँग रहेको छ ।

बोर्डको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १ हजार २४२ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । यस्तो संख्या अघिल्लो वर्ष ६७४ जना मात्रै थियो ।