तालिवानको नयाँ सरकार : तीन मन्त्री नियुक्त

तालिवानको नयाँ सरकार : तीन मन्त्री नियुक्त



काबुल । २० वर्षपछि पुनः अफगानिस्तानको सत्तामा तालीवानीहरु फर्केका छन् । अमेरिकी सेना पूर्ण रुपमा फर्किएपछि मात्रै सरकार बनाउने सोचमा रहेका तालिवान बिद्रोही समूहले सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्रीमा गुल आगा र कार्यवाहक गृहमन्त्री सदर इब्राहिमलाई बनाएको छ ।

सनु २००१ मा अमेरिकी सेनाले तालीवानी सरकारलाई अपदस्त गरी नयाँ सरकार बनाएको थियो । अमेरिकी सेना ३१ अगष्टसम्म र्फिइसक्ने बताइएको छ । तर अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकी सेना फर्काउने समय थपिन सक्ने बताएपछि तालिवानले सरकार गठनको प्रक्रिया अगाडि बढाएके हो ।

सरकारले पूर्णता नपाउँदै तालिबानले मुल्ला शिरिनलाई काबुलको गभर्नर, हमदुल्ला नोमानीलाई काबुलको मेयर र नजिबुल्लाहलाई गुप्तचरको प्रमुख नियुक्त गरेको छ । यसैगरी सखउल्लाहलाई कार्यवाहक शिक्षा प्रमुख र अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख बनाइएको छ । तालिबानले यसअघि नै आफ्नो प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई संस्कृति तथा सूचनामन्त्री नियुक्त गरिसकेको छ ।