अपडेट काबुल विमानस्थल विस्फोट : अमेरिकी सैनिकसहित मारिनेको संख्या ६० पुग्यो

अपडेट काबुल विमानस्थल विस्फोट : अमेरिकी सैनिकसहित मारिनेको संख्या ६० पुग्यो



काबुल । अफगानिस्तानको काबुल विमानस्थलमा हिजो भएको दुई विस्फोटमा परी कम्तीमा ६० जना मानिसको मृत्यु भएको छ । विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।

अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी हिजो साँझ दुईवटा बम विस्फोट गराइएको थियो । विस्फोटमा परि १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको हो । तर अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् ।

राष्ट्रपति बाइडेनले अपराधीहरुलाई खोजेरै छाड्ने प्रतिवद्धता पनि जनाएको बिबिसीले उल्लेख गरेको छ । बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी भएका यी मृत्यु हुनेमा बालबालिकाहरु पनि छन् ।