युएफा च्याम्पियन्स लिगको समुह विभाजन र खेल तालिका सार्वजनिक

युएफा च्याम्पियन्स लिगको समुह विभाजन र खेल तालिका सार्वजनिक



लन्डन । युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति समुह विभाजन गर्दा साविक विजेता चेल्सी र युभेन्टस एकै समुहमा परेका छन् ।

समुह एच मा इंग्ल्याण्डको चेल्सी र इटालीको युभेन्टससँगै रुसको जेनिथ र स्विडेनको माल्मो परेका छन् । समुह ए मा दुई दावेदार टोलीहरु इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगै जर्मनीको आर.बी लाइप्जीग र बेल्जीयमको क्लब ब्रुज रहेका छन् ।

यसैगरि समुह बि मा स्पेनको एट्लेटिको मड्रिड, इंग्ल्याण्डको लिभरपुल, पोर्चुगलको एफ.सी पोर्टो र रुसको एसी मिलान रहेका छन् ।

समूह ‘सी’ मा पोर्चुगलको स्पोर्टिङ क्लब, जर्मनीको बोरुसिया डर्टमण्ड, नेदरल्याण्ड्सको आयाक्स र टर्कीको बेसिक्तास रहँदा समूह ‘डी’ मा इटालीको इन्टर मिलान, स्पेनको रियाल मड्रिड, युक्रेनको शख्तर र रुसको शेरिफ तिरास्पोल परेका छन् ।

समूह ‘इ’ मा जर्मनीको बायर्न म्युनिख, स्पेनको बार्सिलोना, पार्चुगलको बेनिफिका र युक्रेनको डाइनामो किभ रहेका छन् ।

स्पेनको भियारियाल, इंग्ल्याण्डको म्यानचेस्टर युनाईटड, इटालीको एटलान्टा र स्विट्जरल्याण्डको योङ बोइज समुह एफ मा पर्दा समुह जि मा फ्रान्सको लिल, स्पेनको सेभिया, अष्ट्रियाको साल्ज्वर्ग र जर्मनीको उल्फवर्ग परेका छन् ।