इजरायल जाने कामदारको लिखित परीक्षा भदौ २८ मा

इजरायल जाने कामदारको लिखित परीक्षा भदौ २८ मा



काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने कामदारको पहिलो चरणको लिखित परीक्षा भदौ२८ गते लिने भएको छ ।

छनौट भएका सात हजार पाँच सय जनाको लिखित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौंका २० वटा केन्द्रमा सञ्चालन गरिने भएको विभागले जनाएको छ । विभागका अनुसार हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एक जनालाई मात्रै राखिने छ ।

परीक्षामा सहभागी हुने कामदारलाई विभागले इमेलमार्फत प्रवेशपत्र तथा परीक्षा केन्द्रको बारेमा जानकारी दिनेछ । कामदारले आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानुपर्नेछ ।

विभागलेसाउन१२ देखि इजरायल रोजगारीका लािग अनलाइन आवेदन माग गरेको थियो । साउन मसान्तसम्म नौ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । आवेदन दिएकामध्ये पाँच हजार चास सय ९९ पुरुष र चार हजार दुई सय महिला छन् ।

सहभागीमध्ये लिखित परीक्षाबाट एक हजार ६ सय ८० कामदार छनोट गरिनेछ । परीक्षाको नतिजा दुई दिनभित्रमा सार्वजनिक हुने र त्यसको १० दिनभित्र अन्तर्वार्ता लिइने विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागले दोस्रो चरणको परीक्षाबाट १४ सय कामदार छनोट गर्नेछ । लिखित परीक्षाबाट उत्तीर्ण भएकाले अन्तर्वार्तामा सहभागी हुन पाउनेछन् । अन्तिम छनोटमा परेका कामदारलाई रोस्टरमा राखेर चिट्ठा प्रणालीमार्फत कामदारको छनोट गरिनेछ ।