दर्शकले रंगशालामै गएर नेपाल–भारतबीचको फुटबल हेर्न पाउने

दर्शकले रंगशालामै गएर नेपाल–भारतबीचको फुटबल हेर्न पाउने




काठमाडौं । सरकारले नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल रंगशालामै गएर हेर्न दर्शकलाई अनुमति दिएको छ । अनुमतिपछि सो मैत्रीपूर्ण खेल दर्शकले रंगशालामै गएर हेर्न पाउने भएका हुन्।

सरकारले ५ हजार १ सय दर्शकलाई खेल हेर्न अनुमति दिएको एन्फाले जनाएको छ। तर रंगशालामै गएर खेल हेर्न दुवै डोज खोप लगाएको हुनुपर्नेछ भने पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमाण पनि चाहिनेछ।

एन्फाले खेलको टिकट अनलाइटबाट काट्न सकिने बताएको छ । तर, मूल्यमा अहिलेसम्म निर्धारण भइसकेको छैन। नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुन लागेको हो। आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि सो खेल आयोजना हुँदै छ।