काठमाडौं । युरो कप विजेता इटालीले आफ्नो अपराजित यात्रा कायम राखेको छ । बिहीबार राति भएको खेलमा बुल्गेरियासँग अंक बाँडदै इटालीले आफ्नो पराजित यात्रा ३५ पुर्याएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता बनाएपनि इटाली १(१ गोल अन्तरको बराबरी खेल्दै अंक बाँडन बाध्य भएको थियो । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटको समूह ुसीु को खेलमा इटालीले घरेलु मैदानमा बुल्गेरियासँग निराशाजनक बराबरी खेलेको हो ।
इटालीले स्पेनको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । खेलको १९ मिनेटमा फेडरिको चिएसाले इटालीलाई अग्रता दिलाएका थिए । तर, अतनास इलिवले खेलको ३९औँ मिनेटमा बुल्गेरियाका लागि बराबरी गोल फर्काए ।
बाँकी समय दुबै टोलीले जितको प्रयास गरेपनि तीन अंक हासिल गर्न असफल रहे । खेल इटालीले आफ्नो नियन्त्रणमा लिए पनि बुल्गेिरयाका गोलरक्षक खेलमा नायक रहे ।
समूहमा इटाली १० अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको स्विटजरल्याण्डको दुई खेलबाट ६ अंक छ । बुल्गेरियाको भने चार खेलबाट दुई अंकसहित तालिकाको चौथो स्थानमा छ ।
प्रतिक्रिया