विश्वकप छनोट : ब्राजिलको लगातार सातौं जित

विश्वकप छनोट : ब्राजिलको लगातार सातौं जित



एजेन्सी । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले लगातार सातौं जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी उपविजेता ब्राजिलले चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै शतप्रतिशत जित निकालेको हो ।

ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे । उनले एकल प्रयासमा खेलको ६४ औं मिनेटमा गोल गरे ।

मिडफिल्डर कासेमिरोको कप्तानीमा मैदान उत्रिएको ब्राजिलले जितसँगै सात खेलबाट सात जितसहित २१ अंक जोडेको छ । ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

आइतबार बिहान भेनेजुयलालाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना दोस्रो स्थानमा छ । १२ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा रहँदा समान ९ अंक बनाएका उरुग्वे र कोलम्बिया क्रमशः चौथो र पाँचौं स्थानमा छन् । यस्तै, पाराग्वे, चिली, बोलिभिया, पेरु र भेनेजुयला क्रमशः छैठौं स्थानबाट १० औं स्थानमा छन् ।