एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडी प्रदर्शन, दश जना पक्राउ

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडी प्रदर्शन, दश जना पक्राउ



काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडी प्रदर्शन भएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएका थिए ।

अभियानका संयोजक निर्ग जैसीले आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको बताए । पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली छन् ।

जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन् । जैसी नेतृत्वमा एक हजार एक जनाको ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ गठन भएको छ । आजको विरोध प्रदर्शनको नेतृत्व भने काठमाडौं जिल्ला समितिले गरेको थियो ।