त्रिकोणात्मक एकदिवसीय सिरिज : आज पिएनजीसँग भिडदै नेपाल

त्रिकोणात्मक एकदिवसीय सिरिज : आज पिएनजीसँग भिडदै नेपाल



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार पपुवा न्युगिनी (पिएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।

मंगलबार ओमान अल अमिरात क्रिकेट मैदानमा दुई शृङ्खला अन्तर्गत पहिलो खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । दोस्रो खेल शुक्रबार हुनेछ ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पिएनजीसँग खेल्न लागेको हो।

पहिलो एक दिवसीयमा नेपालले अनुभवी खेलाडीलाई आराम दिन सक्नेछ । उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई चोटका कारण आराम दिइने बुझिएको छ । ज्ञानेद्र मल्लको कप्तानीमा रहेको नेपाल यस अघि नै ओमान पुगेको थियो । नेपालले करिब दुई हप्ता ओमानको मौसमसँग घुलमिलकाे तयारी गरेको थियो ।

नेपाली टोलीमा पूर्वकप्तान पारस खड्का रहने छैनन् । उनको संन्यासपछि नेपालको यो पहिलो खेल हुनेछ । पहिलो पटक गुल्सन झाले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

त्रिदेशीय शृंखलामा नेपालको खेल
२८ भदौ : नेपालविरुद्ध अमेरिका
२९ भदौ :ओमानविरुद्ध नेपाल
१ असोज : नेपालविरुद्ध अमेरिका
३ असोज : ओमानविरुद्ध नेपाल