पपुवा न्युगिनीविरुद्ध नेपालको रोमान्चक जीत

पपुवा न्युगिनीविरुद्ध नेपालको रोमान्चक जीत



पपुवा न्युगिनीविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले २ विकेटको रोमान्चक जीत हात पारेको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाउँदा १ सय ३४ रन मात्र बनाउन सक्यो ।

१ सय ३५ रनको विजय लक्ष्य पाएको नेपालले ६३ बल बाँकी रहँदा २ विकेट जित निकालेको हो । नेपालले सुरुका ब्याट्सम्यान सस्तैमा गुमाए पनि छैटौं विकेटका रुपमा आएका रोहित पौडेल क्रिजमा जमेपछि नेपालको जीत सम्भव भएको हो । सोमपाल कामीले ३२ बल खेल्दै २२ रन बनाएर राेहितलाइ साथ दिए । रोहितले ६५ बल खेलेर ४१ रनकाे याेगदान दिए । प्रतियोगिताको याे नै उच्च स्कोर थियो ।

त्यसभन्दा अघि ओपर ब्याट्सम्यान कुशल भुर्तेल १५ र अफिस शेख ३० रन बनाएर आउट भएपछि नेपालको लगातार विकेट पतन हुन थाल्यो । कप्तान ज्ञानेन्द्र मल्ल ६, आरिफ शेख ९ र शरद भेषवाकर ६ रन बनाएर पबिलियन फर्किए ।

पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, किप्लिन डोरिगाले १५, चाड सोपरले अविजित १७, सेसे बाउले १४ र कप्तान असाद भालाले ४ रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना एक एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाइकनै पेभेलियन फर्किए ।

यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, किप्लिन डोरिगाले १५, चाड सोपरले अविजित १७, सेसे बाउले १४ र कप्तान असाद भालाले ४ रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना एक एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाइकनै पेभेलियन फर्किए । पपुवा न्युगिनीको पारीलाई न्यून स्कोरमा खुम्च्याउने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक्लैले चार विकेट लिए ।

यस्तै आजको खेलमा डेब्यू गरेका विक्रम सोबले दुई विकेट लिए । कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्न लागेको हो । अर्को खेल नेपालले शुक्रबार खेल्नेछ ।