ह्याट्रिकसँगै मेस्सीले तोडे पेलेको कीर्तिमान

ह्याट्रिकसँगै मेस्सीले तोडे पेलेको कीर्तिमान



स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिकमा अर्जेन्टिनालाई जित दिलाउँदा नयाँ कीर्तिमान कायम गरेका छन् । शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको तीन गोल मद्धतमा बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

मेस्सीले ब्राजिल पेलेको कीर्तिमान तोडेका हुन् । पेलेले आफ्नो समयमा दक्षिण अमेरिकी मुलुकबाट सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखेका थिए । पेलेको ७७ गोलको कीर्तिमान तोड्ने क्रममा मेस्सीले बोलिभियाविरुद्ध ७९ गोल गरेका थिए । मेस्सीलाई घरेलु दर्शकले समेत साथ दिएका थिए ।

बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी) पुगेका मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो खेल खेलेको हो । जहाँ मेस्सी नयाँ कीर्तिमान कायम गर्न सफल भए ।

मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गाेल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा डिबक्स बाहिरबाट आकर्षक गोल गरे । दोस्रो गोल डिबक्स भित्र बोलिभियाका ४ डिफेन्सलाई बिट मार्दै गरेका थिए । तेस्रो गोल भने बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो ।

जितसँगै कतार बिश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएकाे हो । बिहानको अर्को खेलमा उरुग्वेले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको छ ।