हेइटीका राष्ट्रपति हत्या प्रकरणमा प्रधानमन्त्री हेन्री तानिए

हेइटीका राष्ट्रपति हत्या प्रकरणमा प्रधानमन्त्री हेन्री तानिए



क्यारेबियन मुलुक हेइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा वर्तमान प्रधानमन्त्री एरियल हेन्री पनि तानिएका छन् । हत्या प्रकरणमा छानविन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेन्रीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् ।

उनले गत मंगलबार प्रधनमन्त्रीसँग बयान समेत लिइसकेका छन् । मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेन्रीलाई देश छोड्न प्रतिबन्ध लगाएका छन् । राष्ट्रपति मोइसको हत्यामा शंकास्पद एक जनाले घटनाको केही घण्टापछि वर्तमान प्रधानमन्त्री हेन्रीलाई टेलिफोन गरेको प्रमाण भेटिएपछि उनी शंकाको घेरामा परेका हुन् । प्रधानमन्त्री हेनरीलाई देश छोड्न प्रतिबन्ध लागेको छ । राष्ट्रपति जोभेनल मोइसको हत्यामा उनको संलग्नताबारे छानबिन भइरहेकोले प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो ।

हेइटीका राष्ट्रपति जोभिनल मोइसको गत जुलाई ७ तारिखमा राजधानी पोर्ट औं प्रिन्सस्थित निजी निवासमा सशष्त्र समूहले हत्या गरेको थियो । हत्यामा संलग्न पेशेवर अपराधीहरु पक्राउ परेपनि मुख्य योजनकार फेला परेका छैनन् । हत्यामा अमेरिका, कोलम्बिया र क्यानाडाका पूर्व सैनिकहरुको संलग्नता देखिएको छ । हेइटीका न्याय मन्त्रालयका एक जना पूर्व कर्मचारी जोसेफ फेलिक्स बादियो पनि शंकाको घेरामा तानिएका छन् ।