चीनमा एमबीबीएस गरेका विद्यार्थीहरु इन्टर्नसीपको माग गर्दै प्रदर्शनमा

चीनमा एमबीबीएस गरेका विद्यार्थीहरु इन्टर्नसीपको माग गर्दै प्रदर्शनमा



काठमाडौं । चीनबाट एमबीबीएस गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने मागसहित विगत केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । चीनमा एमबीबीएस अध्ययन गरी आएका युवाहरुले बिहीबार माइतीघर मण्डलामा तत्काल इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

आफूहरुले एमबीबीएस गरेको १८ महिना बितिसक्दा पनि इन्टर्नसीप गर्न नपाएको उनीहरुले बताएका छन् ।आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले आफूहरुलाई झुलाएको उनीहरुको आरोप छ ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ मा विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसीप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपालभित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियमभित्र रहेर गर्नुपर्ने व्यवस्था छ ।

मेडिकल काउन्सिलको व्यवस्था स्पष्ट नहुँदा आफूहरुलाई समस्या भएको विद्यार्थीको गुनासो रहेको छ ।