नेपाली फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।