लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनाल चयन

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनाल चयन



काठमाडौं, १२ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनाल चयन भएका छन् । जनकपुरमा हिजो बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो ।

बैठकमा सर्वसहमतिमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए । पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारीसहितको उपस्थितिमा बसेको बैठकले राति अबेर संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) रहँदा पनि सोनल नै संसदीय दलको नेता थिए । उनी तत्कालीन राजपाबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत बनेका थिए ।