म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिख विजयी

म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिख विजयी



लन्डन । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा गएराती इंग्लीश क्लब म्यान्चेस्टर युनाइटेड विजयी हुँदा चेल्सी पराजित भएको छ । आफ्नै मैदानमा भएको समुह ‘एफ’ को खेलमा म्यान्चेस्टर युनाइटेडले स्पेनको भियारियाललाई २–१ ले हरायो । म्यान्चेस्टरको जितमा क्रिश्चियानो रोनाल्डोले इन्जुरी समयमा निर्णायक गोल गरे । यही समुहको अर्को खेलमा इटालीको एटलान्टाले स्विट्जरल्याण्डको योङ ब्वाइजलाई १–० ले हरायो ।

उता समुह ‘एच’ को खेलमा इटालीको युभेन्टसले इंग्ल्याण्डको चेल्सीलाई १–० ले हराउँदा रुसको जेनिथले स्विडेनको माल्मोमाथि ४–० को फराकिलो जित निकाल्यो । समुह ‘ई’ को खेलमा जर्मनीको बायर्न म्युनिखले युक्रेनको डाइनामो किभलाई ५–० ले पाखा लगाउँदा स्पेनको बार्सिलोनालाई पोर्चुगलको बेनिफिकाले ३–० ले हरायो ।

यसैगरी समुह ‘जि’ को खेलमा अष्ट्रियाको साल्जवर्गले फ्रान्सको लिललाई २–१ ले हराउँदा जर्मनीको उल्फवर्ग र स्पेनको सेभियाले १–१ गोलको बराबरी खेलेका छन् ।