आज नेपाल र श्रीलंकाबीच खेल हुँदै

आज नेपाल र श्रीलंकाबीच खेल हुँदै



माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार माले रंगशालामा आजराति पौने १० बजे सुरु हुनेछ । अहिलेसम्म साफको उपाधि जित्न नसकेको नेपालले यस पटक मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा साफको उपाधि जित्ने लक्ष्य बनाएको छ ।

यसैवीच नेपालका कप्तान तथा गोल रक्षक किरण चेम्जोङले जित्ने लक्ष्यका साथ मैदानमा उत्रने नेपालको लक्ष्य रहेको बताएका छन् । पहिलो खेलमा साविक विजेता तथा आयोजक राष्ट्र माल्दिभ्सलाइ १-० ले हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ ।

नेपालले यसअघि भारतको गोवामा भएको साफको चौथो संस्करणको पहिलो खेलमा श्रीलंकालाई ३-२ गोलले पराजित गरेको थियो । आजै पहिलो खेल बंगलादेश र भारतबीच हुँदैछ । नेपालले भने भारतसँग असोज २४ गते महत्वपूर्ण खेल खेल्नेछ ।