विश्वका नेता र अर्बपतिहरुको गोप्य धनसम्बन्धी दस्तावेज सार्वजनिक

विश्वका नेता र अर्बपतिहरुको गोप्य धनसम्बन्धी दस्तावेज सार्वजनिक



न्युयोर्क । विश्वका नेता, राजनीतिज्ञ र अर्बपतिहरुको गोप्य धन र लेनदेन सम्बन्धि वित्तीय दस्तावेजको सबैभन्दा ठूलो चुहावट सार्वजनिक भएको छ । ३५ जना वर्तमान तथा पूर्व नेतासहित तीन सयभन्दा बढी सार्वजनिक अधिकारीको अफशोर कम्पनीमा लगानी भएको र गैरकानूनी आर्जन गरेको प्यान्डोरा पेपर्सले खुलासा गरेको छ ।

जोर्डनका राजाले गोप्य रुपमा सत्तरी मिलियन पाउण्ड स्ट्रर्लिङ बराबरको बेलायती र अमेरिकी सम्पत्ति जम्मा गरेको खुलासा भएको छ । बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र उनकी श्रीमतीले लण्डन अफिस किनेर स्ट्याम्प ड्युटीमा तीन लाख १२ हजार पाउण्ड स्ट्रर्लिङ बचाएको बताइएको छ । त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध मोनाकोको गोप्य सम्पत्तिसँग रहेको बताइएको छ ।