पूर्व फिफा रेफ्री खत्रीको निधन

पूर्व फिफा रेफ्री खत्रीको निधन



काठमाडौं, १८ असोज । पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो । सोमबार बिहान मर्निङ वाक गरेर नुहाउनका लागि वाथरुममा छिरेका खत्री लडेपछि उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो ।

खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए । उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए । उनी करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा सहभागी भएका थिए । खत्रीको निधनपछि पार्थिव शरिरलाई एन्फा कम्प्लेक्समा राखिएको थियो । एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले एन्फाको झण्डा ओढाएका थिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खत्री सवैभन्दा राम्रो रेफ्री भएको र एन्फाले सदैव सम्झने बताए । त्यस्तै पूर्व फुटबल खेलाडी उपेन्द्रमान सिंहले खत्री अत्यन्त्रै मिलनसार व्यक्तित्व रहेको र नेपाली फुटबल जगतमा उहाको योगदान अविश्मरणीय रहेको बताए ।

खत्रीले सन् २०१८ मा रेफ्रीबाट अवकासमा लिएका थिए । त्यसपछि उनी रेफ्री प्रशिक्षकको भुमिकामा काम गर्दै आएका थिए । उनका एक श्रीमती र एक छोरा छन् ।