श्रीलंकाविरुद्ध नेपाल ३–२ ले विजयी

श्रीलंकाविरुद्ध नेपाल ३–२ ले विजयी



काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध जीत निकालेको छ । पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा थप २ गोल गरेको हो । माल्दिभ्समा जारी खेलको ३१ औं मिनेटमा नेपालका तर्फबाट सुमन लामाले पहिलो गोल गरेका थिए ।

दोस्रो हाफको शुरुमै नेपालले दोस्रो गोल भएको थियो। दोस्रो गोल अञ्जन विष्टले गरेका हुन् भने तेस्रो गोल भने ८६ औं मिनेटमा आयुष घलानले गरेका हुन् । उनले खेलको ५१ औं मिनेटमा नेपालका लागि दोस्रो गोल गरेका हुन् ।

श्रीलंकाले समेत खेलको ५६ औं मिनेट र इन्ज्युरी समयमा पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो । यसअघि पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्दै ६ अंक बटुलेको छ ।