विश्वभर कोरोना सङ्क्रमणको दर घट्दै

विश्वभर कोरोना सङ्क्रमणको दर घट्दै



एजेन्सी । विश्वभर कोरोना सङ्क्रमणको दर घट्दै गएको छ । झन्डै ३ महिनापछि विश्वभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या ३ लाखभन्दा तल झरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार झन्डै दुई हप्तादेखि विश्वभर कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर २ लाख ९२ हजार ९ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको दरमा कमी आएको छ ।

गत २४ घन्टामा विश्वभर ४ हजार २ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २३ करोड ९० लाख नाघेको छ भने ४८ लाख ७२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।