अमेरिकाले दिएको फाइजर खोप लगाउन शुरु

अमेरिकाले दिएको फाइजर खोप लगाउन शुरु



काठमाडौँ । अमेरिकी सरकारले नेपाललाई दिएको फाइजरको कोभिड–१९ खोप वितरण गर्न शुरु गरिएको छ । अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत हालै एक लाख ६ सय २० मात्रा खोप निःशुल्क उपलब्ध गराएको थियो ।

अमेरिकाले नेपाललाई त्यसअघि एक मात्रा मात्र लगाउन मिल्ने जोन्सन एण्ड जोन्सनका १५ लाख ३४ हजार आठ सय ५० मात्र खोप उपलब्ध गराएको थियो ।
अमेरिकी सहयोग नियोग (युएसएड)ले कोभिड–१९ विरुद्धको खोप अभियान सफल बनाउन खोप व्यवस्थापन तथा वितरणसम्बन्धमा स्वास्थ्यकर्मीलाई तालिम दिएको उल्लेख गरेको छ ।

यसैबीच नेपालस्थित अमेरिकी राजदुतावासले फाइजर कोभीड–१९ भ्याक्सीनको नेपालभर आजदेखि वितरण गरिने कार्यको शुभारम्भमा नेपाल सरकारलाई सघाउन पाएकोमा नेपालस्थित अमेरिकी मिशन गौरवान्वित भउको जनाएको छ ।