कांग्रेस ललितपुर अधिवेशन आजबाट, चुनाव भोलि

कांग्रेस ललितपुर अधिवेशन आजबाट, चुनाव भोलि



ललितपुर, १० मंसिर । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए ।
उनका अनुसार आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचन भने शनिबार हुनेछ । उनले भने, ‘आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनको कार्यक्रम हुन्छ । निर्वाचन भने भोली हुनेछ ।’

रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरु संयुक्त रुपमै घोषणा गरिएको भए पनि सभापतिमा अहिलेसम्म दुवैको दावी छ ।