कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बलायर प्यानलसहित विजयी

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बलायर प्यानलसहित विजयी



धनगढी, १९ मंसिर । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । उनी ६ सय ८८ मत ल्याउँदै सभापतिमा विजयी भएका हुन् । प्रदेश समिति चयनका लागि भएको मतदानमा खसेका एक हजार तीनमध्ये सभापतिका अर्का प्रतिस्पर्धी इतर समूहका नारायणदत्त मिश्रले दुई सय ८० मत मात्रै प्राप्त गरे ।

प्रदेश उपसभापतिमा देउवा पक्षकै जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । चौधरीले ६ सय १० र अवस्थीले पाँच सय २३ मत पाएका छन् । महामन्त्रीमा बलायर प्यानलकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन् । शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन् । यस्तै सहमहामन्त्रीमा पनि बलार प्यानलकै गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।

यस्तो छ मत परिणाम
सभापति
वीरबहादुर बलायर –६८८(विजयी)
नारायणदत्त मिश्र –२८०

उपसभापति
गोपालसिंह गुरुङ –२८१
जनकराज चौधरी –६१०(विजयी)
मनबहादुर रावल –२६३
लोकराज अवस्थी –५२३(विजयी)
हिमबहादुर रावल–१२१

महामन्त्री
नरनारायण शाह मनु –६४८(विजयी)
प्रताप गुर्धामी–१३३
मेघराज खड्का –६३५(विजयी)
रामबहादुर शाही –३०३

सहमहामन्त्री
गोपालदत्त भट्ट–५२९(विजयी)
चिन्तामणि भट्ट –५३३(विजयी)
नरेन्द्रप्रसाद भट्ट–२१२
पदमराज पन्त –२५४
लक्ष्मणबहादुर शाही – १६४
हर्कबहादुर स्वाँर–६८

महिला सहमहामन्त्री
अम्बिका कुमारी चलाउने–६८६(विजयी)
खिना भण्डारी –२२३