कांग्रेस महाधिवेशन: ४ वटा प्रदेशमा संस्थापन पक्ष हावी, २ वटा प्रदेशमा इतरपक्षको जित

कांग्रेस महाधिवेशन: ४ वटा प्रदेशमा संस्थापन पक्ष हावी, २ वटा प्रदेशमा इतरपक्षको जित



काठमाडौं, २० मंसिर। कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशको नेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित भएका हुन् । घिमिरे २ मत अन्तरले पराजित भएका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भए । दोस्रो चरणको निर्वाचनमा जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । लुम्बिनी प्रदेशमा भने अमरसिंह पुन सभापतिमा विजयी भए । संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गर्दै उनी विजयी भए । एक उपसभापति बाहेक संस्थापनइतर समूहका अमरसिंह पुन समूहको प्यानल नै विजयी भएको छ ।

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतीमा संस्थापन पक्षका वीरबहादुर बलायर विजयी भए । उनले संस्थापनइतर पक्षका नारायणदत्त मिश्रलाई पराजित गरेका हुन् । गण्डकी प्रदेश सभापतिमा भने संस्थापनइतर पक्षका शुक्रराज शर्मा निर्वाचित भए । कर्णाली प्रदेशमा संस्थापन पक्षका ललितजङ्ग शाही बिजयी भए । महाधिवेशन भएका ६ प्रदेशमध्ये ४ प्रदेशमा संस्थापन पक्षका नेता सभापतिमा विजयी भएका छन् । प्रदेश २ को अधिवेशन भने हुन बाँकी छ ।