एमसीसीविरुद्ध ताप्लेजुङकाे फुङ्लिङमा प्रदर्शन

एमसीसीविरुद्ध ताप्लेजुङकाे फुङ्लिङमा प्रदर्शन



ताप्लेजुङ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध मंगलबार ताप्लेजुङमा प्रदर्शन गरिएको छ । एमसीसी राष्ट्रको हितविपरीत रहेको भन्दै त्यसविरुद्ध प्रर्दशन गरिएको हो ।

एमसीसीविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

‘इराक, अफगानिस्तान र लिबिया हेरौं, राष्ट्रघाती एमसीसीका मतियारलाई घेरौं’ भन्ने नारा लेखिएको ब्यानर प्लेकार्डसहित सदरमुकाम फुङ्लिङमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले एमसीसीविरुद्ध चर्को नाराबाजी गर्दै फुङ्लिङ बजार परिक्रमापछि वीरेन्द्रचौकमा पुगेर कोणसभा गरेका थिए । कोण सभालाई नेकपाका केन्द्रीय सदस्य सुमन लिम्बू, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज सुरज ओझाले सम्बोधन गर्नुभएको नेकपाका जिल्ला सचिव असल पन्दाकले जानकारी दिए ।

मतदान गर्न

बाँकी