फिल्म ‘सिल्ली फो’ को छायांकन सकियो

फिल्म ‘सिल्ली फो’ को छायांकन सकियो



राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिल्ली फो’ को छायांकन सकिएको छ । सिनेमाकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर सिनेमाको छायांकन सकिएको निर्माण टिमले जनकारी गराएको छ । केही समयदेखि सिनेमाको नेपालगञ्ज आसपासका ठाउँमा सिनेमाको छायांकन भैरहेको थियो ।

कमेडी जनरामा निर्माण भएको सिनेमाको केकीलाई जन्मदिनको शभुकामना सहित इन्डक्ल्याप गरिएको निर्देशक सानेले बताए । सिनेमामा केकीका अलवा धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायताका कलाकारको अभिनय रहेनेछ । यही सिनेमाबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् ।

ह्याप्पी फिल्म प्रा.लीको व्यानरमा निर्माण भएको सिनेमाका निर्माता मनोज डिके हुन् । बिशाल श्रेष्ठ र सागर बिष्ट सह-निर्माता रहेको सिनेमामा रबी केसीको मेकअप, शिव बिकको कोरियोग्राफी, देब महर्जनको द्धन्द्व निर्देशन, दिव्यराज सुवेदीको छायांकन, तारा थापा किम्भेको सम्पादन छ । सिनेमाका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।