सर्ट मुभी ‘किन’ को टाइटल गीत सार्वजनिक

सर्ट मुभी ‘किन’ को टाइटल गीत सार्वजनिक



लभ र सस्पेन्स स्टोरीमा तयार भएको सर्ट मुभी ‘किन’ को टाइटल गीत सार्वजनिक भएको छ । गणेश उप्रेती ,केदार उप्रेती ,सन्तोष राम्दम, सिदार्थ बिस्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र रिलिज हुने तयारीमा छ । उक्त चलचित्रको सर्वजनिक गीतमा स्वूप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ ।

सिदार्थ बिस्वले लेखन,निर्दशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेदीको सह-निर्दशन बिष्णु मिश्राको मेकअप असोक भुजेलको छायांकन देख्न सकिन्छ । चलचित्रलाई राम्रो बनाउन सम्पूर्ण टिमले मेहनत गरेको र उक्त कुरालाइ दर्शकले रुचाउने निर्देशक बिस्वको भनाइ छ । उनले यसअघि समेत ‘तिमि र म’ ,’२०२०’ लगायतका छोटो चलचित्र रिलिज गरिसकेका छन् ।

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक गीतलाई सामाजिक संजालमा सिएर गर्ने मध्य एक जना भाग्यसालीलाई आइफ़ोन १३ प्रदान गर्ने बताएको छ ।