January 22, 2022 माघ ०८ , २०७८

खुरापात र विचलनको बाटो मोडेर स्टेयरिङलाई सकारात्मक मोड दिएका छौँ : प्रचण्ड

खुरापात र विचलनको बाटो मोडेर स्टेयरिङलाई सकारात्मक मोड दिएका छौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सही बाटोमा फर्किएको बताएका छन् । आफ्नो प्रतिवेदनमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भने, ’ठूलो मेहनत गरेर पार्टीलाई बाटो फर्काएका छौं ।’

प्रचण्डले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी गरे । पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका हुन् ।