टोंगामा सुनामी आएपछि जनजीवन अस्तव्यस्त, ठूलो क्षति भएको अनुमान

टोंगामा सुनामी आएपछि जनजीवन अस्तव्यस्त, ठूलो क्षति भएको अनुमान



प्रशान्त टापु राष्ट्र टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको रिपोर्ट गरिएपनि पूर्ण विवरण आउन सकेको छैन । राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतवार हुङ्गा टोंगा-हुंगा हापाई ज्वालामुखी विस्फोट भएको थियो ।

सो विष्फोट अमेरिका सम्म टाढा सुनिएको थियो । विष्फोटपछि एक मिटर भन्दा माथिसम्म छाल आएको थियो । सो सुनामीका कारण तटीय क्षेत्रको जनजिवन प्रभावित भएको समाचार छ ।

अहिलेसम्म कतिजना घाइते वा मृत्यु भएको छ पुष्टि हुन नसकेपनि बेलायती महिला एन्जेला ग्लोभर बेपत्ता भएको उनका साथीहरू र परिवारले बताएका छन् । उनले टोंगाको राजधानी नुकुआलोफामा ट्याटु पार्लर संचालन गर्दै आएकी थिईन ।

इन्टरनेट र सञ्चार विच्छेद भएकाले क्षतिको विवरण आउन नसकेको बीबीसीले समाचारमा उल्लेख गरेको छ। न्युजिल्याण्ड र अष्ट्रेलिया दुबैले स्थितिको आकलन गर्न निगरानी उडानहरू पठाइरहेको समाचार छ ।