कोरोना सङ्क्रमणः विश्वभर मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघ्यो

कोरोना सङ्क्रमणः विश्वभर मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघ्यो



एजेन्सी । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएपछि मृत्युदर कम रहेपनि पछिल्लो एक सातादेखि मृत्युदर बढेको छ ।

गत २४ घन्टामा मात्रै विश्वभर ९ हजार २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो समय अमेरिका, बेलायत, भारत, रुस, फ्रान्स लगायतका मुलुकमा कोरोनाका कारण मृत्यु हुनेदर बढेको छ ।

गत २४ घन्टामा अमेरिकामा २ हजार ७ सय ७७, रुसमा ६ सय ९२, भारतमा ४ सय ८९, ब्राजिलमा ३ सय ९६, इटलीमा ३ सय ७३, मेक्सिकोमा २ सय ७८, बेलायतमा २ सय ८८ र पोल्याण्डमा २ सय ४८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख ३ हजार ४० पुगेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार गत २४ घन्टामा विश्वभर ३६ लाख ३२ हजार ८ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३४ करोड ६७ लाख ८६ हजार ४ सय ४९ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये २७ करोड ६५ लाख ६९ हजार ९ सय ९८ जना स्वस्थ भएका छन् ।